नियम ४४
दण्ड जरिवानाको लगत पठाउने
(१) न्यायाधिकरणको फैसला वा आदेशले लागेको
कैद र जरिवानाको लगत न्यायाधिकरणमा अभिलेख राखी लगत असुल उपर गर्न
सम्बन्धित जिल्ला अदालतमा पठाउनु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि न्यायाधिकरण
आफैंले कैद वा जरिवाना असुल उपर गर्न कुनै बाधा पर्ने छैन ।